मुख्य समाचार

काठमाडाैं जाँदै गरेकाे बस दुर्घटना, २३ जना घाइते

काठमाडाैं जाँदै गरेकाे बस दुर्घटना, २३ जना घाइते

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु-११ बाहुनेकुनामा सोमबार बिहान करीब ३ बजेतिर यात्रुबाहक बस पल्टिदा २३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरको अनुसार सुर्खेतबाट काठमाडौं जानका लागि छुटेको ना ५ ख ४६९६ नम्बरको बस सडकबाट करीव १०० फिट उत्तर साइडमा पल्टिएको हाे ।

बसमा सवार ३४ जना यात्रुमध्ये २३ जना घाइते भएको र उनीहरूको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ।

घाइतेहरु सुर्खेत, कालिकोट, जाजरकोट, जुम्ला र दैलेखका रहेका छन् । बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २१ बस्ने हरिबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal