विचित्र संसार

साइकलसँग ठोक्किँदा कार नैै कच्याकुचुक परेपछि…

साइकलसँग ठोक्किँदा कार नैै कच्याकुचुक परेपछि…

सडकमा दुर्घटना हुनुृ र कारसँग साइकल ठोक्किनु नयाँ कुरा भएन । तर साइकल सँग ठोक्किएर कार कच्याक कुचुक नै भएपछि आठौँ आश्चर्य बनेको छ ।

रोचक त के भने साइकल र कार आपसमा ठोक्किँदा साइकलमा कुनै क्षति पुगेन तर कारको अगाडिको बनोट पूर्णरुपमा क्षतिग्रस्त बन्यो । त्यो तस्वीर सोसल मिडियामा अहिले भाइरल बनेको छ ।

चीनको सेन्जेन सहरमा भएको यो घटनामा कारलाई कुच्याइदिने साइकलको धेरैले प्रसंसा गरिरहेका छन् ।

त्यस्तो बलियो साइकलको बारमेा जान्नका लागि मानिसहरु उत्सुक नहुने कुरै भएन । घटनाको भिडियो बाहिर आएसँगै मानिसहरुले कार कम्पनीको न‌ मजाक उडाईरहेका छन् ।
कतिपयले त्यो फोटो तथा भिडियो नक्कली भएको बताएपनि पुलिसले त्यो वास्तविक घटना भएकेा पुष्टि गरकेो छ ।

दुर्घटनामा साइकलमा कुनै क्षति नभएपनि चालक सामान्य घाइते भएका छन् । उता कारको अगाडिको भाग नराम्रोसँग क्षतिग्रस्त भएपनि कारका यात्रु तथा चालक सुरक्षित छन् । पिपुल्स डेली चाइनाले यो तस्वीर सहितको समाचार छापेको छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal