राजनीति

मन्त्री रविन्द्र अधिकारीलेे पत्रकार सम्मेलन गर्दै, राजीनामा आउन सक्ने

मन्त्री रविन्द्र अधिकारीलेे पत्रकार सम्मेलन गर्दै, राजीनामा आउन सक्ने

नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भएको भनिएको घोटालामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएर बिवादमा आएपछि उनले सोमबारका लागि पत्रकार सम्मेलन राखेका छन् ।

विहान १० बजे मन्त्री अधिकारी, कृष्ण प्रसाद देवकोटा सम्बद्ध अधिकारी सहित पत्रकार सम्मेलनको आयोजना गरिएको पर्यटन मन्त्रालयले जनाएको ह‍ो ।

१८ पुसमा संसदको सार्वजनिक लेखासमिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदनमा वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको छ भने सो अनियमिततामा मन्त्री अधिकारीसहित मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार, तत्कालीन पर्यटन सचिव प्रेमकुमार राई र शङ्कर अधिकारीलाई समेतलाई तत्काल निलम्बन गरी कारवाही गर्न सिफारिस गरिएकाे छ ।

यस्तै तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र जितेन्द्र नारायण देवले यथेष्ठ सतर्कता नअपनाएकाले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै कानुनसम्मत कारवाहीका लागि निर्देशन गर्न समितिलाई सिफारिस गरिएकाे छ ।

उपसमितिको सिफारिसबारे छलफल गरेर समितिले आवश्यक निर्णय गर्ने तयारी गरिरहेको बेला मन्त्री अधिकारीले बोलाएको पत्रकार सम्मेलनलाई चासोका साथ हेरिएको छ भने कतिपयले उनक‍ो राजीनमा समेत आउन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal