मुख्य समाचार

सपथ ग्रहण नगराउने भएपछि मनाङेको आक्रोस : यिनीहरुलाई कानुन नसिकाई भएन

- बिषन क्षेत्री

सपथ ग्रहण नगराउने भएपछि मनाङेको आक्रोस : यिनीहरुलाई कानुन नसिकाई भएन

कार्यव्यवस्था परामर्श समितिको बैठकमा राजीव गुरुङ उर्फ दीपक मनाङेलाई सभामुखले सपथ ग्रहण नगराउने अडान फरलिएपछि उनले आफै आएर कानुन सिकाउने प्रतिक्रिया दिएका छन्।

तपाईलाई सपथ ग्रहण नगराउने निर्णय सभामुखले गर्नुभएको छ, यसमा तपाईको प्रतिक्रिया के छ भनेेर प्रश्न गर्दा उनले भने, ‘उनीहरुलाई कानुन थाहा नभएर हो, उनीहरुलाई कानुन नै थाहा छैन्, भोलि आएर म बुझाउँछु, म सिकाउँछु, अलिकति नसिकाई पनि भएन।’ उनले अगाडि थपे, ‘उनीहरु हावाहावा कुरा सोच्छन, उनीहरुले बैठक बस्ने कुरा नै होईन, मुख्य न्यायधीवक्तासँग सल्लाह गरेर सभामुखले निर्णय गर्नुपर्ने विषय हो, उनीहरु सर्वदलीय बैठक राख्छन्।’

‘उस (मुख्य न्यायधीवक्ता) लाई भेटेर मैले सल्लाह दिएको हो, सल्लाह उनीहरुले होईन मैले दिने हो, विदेशमा पढेको मान्छे रहेछ, यहाँ आएर राजनीतिक नियुक्ती भएको मान्छे हो ऊ, उनीहरुलाई थाहा रहेनछ, सपथ ग्रहण गर्न मिल्दैन भनेर लिखित रुपमा दिनुपर्‍याे।

सर्वदलीय बैठक बोलाउनै नपर्ने विषय हो।’ सोमबार पोखरा आउने र थप सल्लाह गर्ने उनले बताएको नागरिक न्युजमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal