भिडियो समाचार

स्वस्तिमाले लिइन् ‘आफ्नै इन्टरभ्यू’ कसरी ? (हेेेेर्नुहोस भिडियो)

स्वस्तिमाले लिइन् ‘आफ्नै इन्टरभ्यू’ कसरी ? (हेेेेर्नुहोस भिडियो)

नेपाली चलचित्रमा प्रचारको खासै नयाँ तरिका पाइदैन । तर, फागूण ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बुलबुल’को निर्माणपक्षले नयाँ तरिका अपनाएको छ ।

गीत सार्वजनिक गर्दा होस् या टिजरमा नयाँ प्रयोग गरेर होस्, दर्शकसम्म पुग्नका लागि नयाँ तरिका अपनाइएको छ । यहीक्रममा, चलचित्रमा टेम्पो चालकको रुपमा रहेकी नायिका स्वस्तिमा खड्काले आफूसँग आफ्नै इन्टरभ्यू लिएकी छिन् ।

स्वस्तिमाले चलचित्रमा ‘रनकला’ बनेकी स्वस्तिमाको इन्टरभ्यू गरेकी छिन् । निर्देशक विनोद पौडेलले स्वस्तिमाले चलचित्रमा निर्वाहा गरेको भूमिकालाई दर्शकमाझ परिचित गराउनका लागि यो शैली अपनाएको बताए ।

सार्वजनिक २ टिजरमा ‘चोपेन्द्र’ पात्रलाई स्थापित गराउन सफल भएको भन्दै उनले अब ‘रनकला’लाई स्थापित गराउन यो तरिका अपनाएको बताए ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal