प्रवास

बेलायती युवकलाई बलात्कार गरेको ठहर गर्दै ४३ बर्षिय लिम्बूलाई १३ वर्ष जेल

बेलायती युवकलाई बलात्कार गरेको ठहर गर्दै ४३ बर्षिय लिम्बूलाई १३ वर्ष जेल

बेलायतमा एक नेपाली युवकलाई बलात्कार गरेको ठहर गर्दै अदालतले रेडिङ सहर बस्ने ४३ वर्षका देउकुमार लिम्बुलाई १३ वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्थानीय अदालतले लिम्बुलाई २२ वर्षीय युवकमाथि यौन हिंसा गरेको ठहर गर्दै जेल सजाय सुनाएको समाचार कान्तीपुर दैनिकमा छ ।

रेडिङ क्राउन कोर्टले गत वर्ष जुनमा लिम्बुले ‘लर्निङ डिसेबिलिटी’ भएका २२ वर्षीय ती युवकमाथि यौन हिंसा गरेको ठहर गरेको छ । ती युवकको परिचय भने खुलाइएको छैन ।

प्रहरीका अनुसार ६ जुन २०१८ का दिन एकाबिहानै ती युवकले लिम्बुसँग आफ्नो घरजाने बाटो सोधेका थिए । ।

ती युवकको परिस्थितिको फाइदा उठाउँदै लिम्बुले ती युवकलाई घिसार्दै नजिकै बेर्सफोर्ड रोड खेल मैदान (प्ले ग्राउण्ड) मा लगेर उनीसँग जबर्जस्ती यौन सम्बन्ध राखेको प्रहरीले जनाएको छ ।

न्यायाधीशले सार्वजनिक ठाउँमा आफूसँग मद्दत माग्न आएको व्यक्ति विरुद्ध यौन हमला गर्ने लिम्बु यौन पिपासु भएको बताइन् । फैसला सुनाउँदै न्यायाधीशले आफ्नो अपराधका लागि लिम्बुले पश्चाताप समेत नगरेको बताइन् ।

सो घट्नाको सिसीटिभी फुटेज पनि अदालतमा प्रमाण स्वरुप प्रस्तुत गरिएको थियो । प्रहरीसँगको बयानमा लिम्बुले ती युवासँग सहमतिमा आफूले यौन सम्बन्ध राखेको दाबी गरेका थिए ।

लिम्बुका एक १७ वर्षीय छोरा रहेको तथा उनकी श्रीमती दुई वर्ष अघि हङकङ फर्किएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७