विचित्र संसार

एउटा माछाको मूल्य ३४ करोड

एउटा माछाको मूल्य ३४ करोड

जापानमा एउटा माछा ३४ करोड ७२ लाखमा बिक्री भएको समाचार छ । टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार टुना माछा यति मूल्यमा बिक्री भएको हो ।

अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो । नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो ।

यो माछा दुई सय ७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो । यो माछा प्रतिकेजी करिब १२ लाख ४९ हजार पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal