धर्म/ संस्कृति

बेत्रावती ‘उत्तर गया’मा हिन्दु र बौद्ध भक्तजनको घुँईचो

- उत्तर गयामा भक्तजनको भीड

बेत्रावती ‘उत्तर गया’मा हिन्दु र बौद्ध भक्तजनको घुँईचो

रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तर गयामा शनिवार भक्तजनको भीड लागेको छ । त्रिशूली र फलाखु खोलाको संगमस्थल रहेको उक्त क्षेत्रमा बर्सेनि पौषीऔंशीका दिन हजारौँ भक्तजनहरूले दिवङ्गत आमाबुवा तथा आफन्तका नाममा श्राद्ध, दान, तर्पण गर्दछन् ।

पितृको नाममा हिन्दु धर्मावलम्बीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् भने बौद्धमार्गीहरुले मृत्यु भएका आफन्तका नाममा लामाहरूले मन्त्र पढ्ने र बत्ती बाल्ने गर्छन् ।

भारतको गया जान नसकेका श्रद्धालुहरू यही ठाउँ आउँछन् । यस स्थानमा परलोक भएका आफ्ना बाबु आमाको नाममा श्राद्ध गरेमा २० पुस्ताअघिका पितृ मोक्ष प्राप्ति गरी स्वर्ग जाने जनविश्वास रहेको छ।

स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार उत्तर गया क्षेत्रमा त्रिशूली नदी र देवी गङ्गा नदी बगेकाले त्यस ठाउँलाई बेत्रगंगा भनिन्छ । उत्तरगयामा भारतका विभिन्न प्रान्तदेखि, काठमाडौँ, धादिङ, काभ्रे, चितवन, कास्की, नवलपरासी, मकवानपुर, गोरखा, पर्सालगायत जिल्लाबाट बर्सेनि भक्तजनहरू आउँछन् । कान्तिपुर दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal