धर्म/ संस्कृति

शनिबारको दिन यी चिज देखियो भने शुभ हुनेछ, जान्नुहोस के हुन ती चिज

शनिबारको दिन यी चिज देखियो भने शुभ हुनेछ, जान्नुहोस के  हुन ती चिज

हाम्रो धर्म संस्कारमा शनिबार धेरैजसो धार्मिक कामहरु हुने गर्दछन्। हामीहरु मन्दिर जादा पनि प्राय शनिबार नै जान्छौ । तर केही मानिसहरु शनिबार काम गर्दा अशुभ पनि ठान्छन् ।

यदि तपाइँले शनिवार बिहान कतै सरसफाई गर्दै गरेको मान्छे देख्नुभयो भने ,त्यो शुभसंकेत मानिन्छ । यो एक राम्रो चिन्ह पनि मानिन्छ। तिनीहरूलाई कुनै पनि कपडा वा केही रुपैयाँ दिनुहोस्। यसो गर्दा तपाईंका घर बाहिर अधुरा रहेका कामहरु छन् भने ति कामहरु पुरा हुने विश्वास गरिन्छ ।

त्यस्तै हिन्दु धर्मअनुसार यदि कुनै भिक्षु वा गरीब व्यक्ति शनिबार बिहान तपाईंको ढोका भित्र आउछ वा तपाईंको अगाडि आउछ भने यसलाई पनि शुभ मानिन्छ । यदि ति भिक्षुलाई नराम्रो गाली गरियो भने शनिदेव हामी बाट टाढा जाने विश्वास गरिन्छ ।

तपाइले यदि शनिबारको दिन घरबाट बाहिर निस्किने बेलामा कतै कालो कुकुर देखियो भने पनि त्यो दिन शुभ संकेत हुनेछ। त्यो कुकुरलाई रोटिमा घिउ लगाएर दिनुभयो भने शनिदेव खुसि भै तपाइको कार्य सफल हुनेछ । कालो कुकुरलाई शनिदेव को वाहन भनेर चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal