धर्म/ संस्कृति

कस्तो छ हजुरको आजको भाग्य : ‘राशिफल’ पुष २१ गते शनिबार

कस्तो छ हजुरको आजको भाग्य : ‘राशिफल’ पुष २१ गते शनिबार

२०७५ साल पुष २१ शनिबार, राशिफल

मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अ
आजको दिनमा व्यर्थको यात्रामा जान बाध्य भइएला । नजिक व्यक्तिबाट धोका पाईन सक्छ । पेट सम्बधी समस्या आउला। मन खिन्न हुने स्थिति आउनेछ । आर्थक कारोबारमा मन्दी आउने छ ।

वृषः इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
वृष रासि हने मित्रको आजको दिनमा अरुको मन जित्न सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य अघी बढ्नेछ । प्रेममा सफलता मिल्ने छ ।

मिथुनः का,कि,कु,घ,ङ,छ,के,को,हा
आजको दिनमा आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा बृद्धि होला । अध्यानमा मन जानेछ । आफन्तसँग भेटघाट हुने छ

कर्कटः हि,हु,हे,हो,डा,डि,डु,डे,डो
कर्कट राशि हनेहरूका लागि आजको दिनमा वित्तिय संस्था बाट सहयोग पाईनेछ । पारिवारीक सुख मिल्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । आज विवादमा परिएला बोल्दा ध्यान दिनु होला ।

सिंहः मा,मि,मु,मे,मो,टा,टि,टु,टे
सिंह राशि हुने मित्रको आजको दिनमा कार्य सम्पादनमा समस्या आउला । मनमा सङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमापरि काम विग्रिएला । सरकारी निकाएको भय रहला । मनमा असान्ति हुनाले काममा मन जानेछैन । स्त्रि बाट आज तपाईलाई धोका हुन सक्छ ।

कन्याः टो,पा,पि,पु,ष,ण,ठ,पे,पो
आजको दिनमा विद्या र बुद्धिके विकास हुनेछ । मंगल कार्यको योगछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । रोजगारको अवसर मिलनेछ । पति पत्नि बिच राम्रो सबन्ध हुनेछ ।

तुलाः रा,रि,रू,रे,रो,ता,ति,तु,ते
तुला राशि हुने मित्र हरूको आजको दिनमा मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगती हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन प्राप्त हुनेछ ।

वृश्विकः तो,ना,नि,नु,ने,नो,या,यि,यु
आजको दिनमा राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । परिवारबाट सुख प्राप्त हुनेछ। अध्यानमा आज मन जानेछ ।

धनुः ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
आजको दिनमा स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ । प्रेममा मनमुटाव रहला । व्यर्थको यात्रा हुनेछ ।

मकरः भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो
मकर राशि हुने मित्रको आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रुची बढ्नेछ । उपहार पाइने सम्भावनाछ । साथिभाई सँगको भेटघाट हुदा दिन रमाईलो सँग वित्नेछ ।

कुम्भः गु,गे,गो,सा,सि,सु,से,सो,दा,
आज व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्र बाट विशेष सहयोग मिल्नेछ । मंगल कार्यको योगछ । चिताएको कामले तीव्रता लिनेछ । भने अध्यानमा भने मन जाने छैन । धन खर्च हुने छ ।

मिनः दि,दु,थ,झ,ञ,दे,दो,चा,चि
आज मिन राशि हुने मित्रहरूले उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिक विकास होला । वैवाहिक सबन्धमा मधुरता छाउनेछ ।

आजको दिन तपाईको शुभ रहोस् !

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal