मनोरञ्जन

पल र वर्षा अभिनित ‘पिरतीको मिठो तिर्सना’ गीत सार्वजनिक (भिडियो)

पल र वर्षा अभिनित ‘पिरतीको मिठो तिर्सना’ गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘वीर विक्रम २’मा समावेश रहेको गीत सार्वजनिक भएको छ । पुरानो नेपाली चलचित्र‘देउता’मा समावेश भएको‘पिरतीको मिठो तिर्सना’बोलको गीतको रिमेक भर्सन सार्वजनिक गरिएको हो ।

चलचित्र ‘देउता’मा उक्त गीत इन्द्रजित मिजार र भारती घिमिरेले गाएका थिए । यता चलचित्र‘वीर विक्रम २’मा भने यो गीतलाई ताराप्रकाश लिम्बू र मेलिना राईले गाएका छन् ।

कुशुम गजमेर र तुलसी घिमिरेको शब्द रचना रहेको गीतमा रञ्जित गजमेरको संगीत छ । पुरानो गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री सृजना बस्नेतले अभिनय गरेका थिए भने हाल नायक पलशाह,नाजिर हुसेन र नायिका वर्षा शिवाकोटीले अभिनय गरेका छन् । फिल्मका निर्देशक मिलन चाम्स हुन् ।

भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal