राजनीति

रेशम चौधरीलाई सपथ खुवाइएको खुसीयालीमा दिप प्रज्वलन

रेशम चौधरीलाई सपथ खुवाइएको खुसीयालीमा दिप प्रज्वलन

टिकापुुुर घटनाका मुख्य अभियुक्त भनिएका सांसद रेशम चौधरीलाई सपथ खुवाइएको खुसीयालीमा नवलपरासीमा दिप प्रज्वलन गर्दै खुशियाली मनाईएको छ ।

राजपा नेपाल नवलपरासी तथा थारु थरुवान संघर्ष समिति नवलपरासीको संयुक्त आयोजनामा सपथ खुवाइएको खुसीयालीमा हर्षित हुँदै जिल्लाको सदरमुकाम परासी बुद्धचोकमा दिप प्रज्वलन गरेका हुन् ।

कैलालीको टिकापुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा भारी मतले विजयी भएका सांसद चौधरी टिकापुर घटनाको मुख्य अभियुक्त रहेको आरोपमा उनी पुर्पक्षका लागि थुनामा परेका थिए ।

सांसद चौधरीको यो मुद्दाले किनारा नपाएकाले उनले अहिलेसम्म सपथ खान पाएका थिएनन् । तर राजपा र प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार बीचको भएको सहमति अनुसार सांसद चौधरीलाई आज सांसदको सपथ खुवाइएको थियो ।

उक्त कार्यक्रममा वक्ताहरुले सांसद चौधरीसहित मधेश आन्दोलनमा लगाइएको विभिन्न मद्दामा जेल परेका भएका सबैलाई कैदमुक्त गर्दै मधेशी दलको माग पुरा गर्न सरकारलाई आग्रह समेत गरेका छन् भने यता संविधानविदहरु चौधरीलाई यसरी सपथ खुवाउनु संविधान बिपरित रहेको बताईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal