मुख्य समाचार

सरकारले सार्वजनिक बिदा थप्यो, अब ‘क्रिसमस डे’मा पनि बिदा हुने

सरकारले सार्वजनिक बिदा थप्यो, अब ‘क्रिसमस डे’मा पनि बिदा हुने

सरकारले सार्वजनिक बिदा थप दिने प्रस्ताव गरेको हो। गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको बिदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको हो।

२०७५ सालमा घोषणा भएका सार्वजनिक बिदाहरु यथावत राख्दै सरकारले थप पर्वमा बिदा दिन लागेको हो। आगामी वर्षदेखि किराँत समुदायको चाड उभौली र उधौलीमा बैशाख तथा मंसिर पूर्णिमा दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ।

त्यस्तै, मुस्लिम संस्थाहरुको माग बमोजिम इदुल फित्र,बकरइद र मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको छ। त्यस्तै क्रिश्चिनय महासंघको माग मध्यनजर गर्दै डिसेम्बर २५ मा क्रिसमसको दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ।

साथै, गुरुङले मनाउने तमु ल्होसार, तामाङको सोनाम ल्होसार र शेर्पाको ग्याल्वो ल्होसार साथै त्यस्तै छठ पर्वमा पनि विदा प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal