मुख्य समाचार

रेशमकी श्रीमतीले भनिन् : रेशम ‘दोषी हो भने सजाय दिनुस्, होइन भने न्याय दिनुस्’

रेशमकी श्रीमतीले भनिन् : रेशम ‘दोषी हो भने सजाय दिनुस्, होइन भने न्याय दिनुस्’

बिहीबार सांसदको शपथ ग्रहण गरेका सांसद रेशमलाल चौधरीकी श्रीमती रन्जिता चौधरीले न्याय पाउनेमा आफूहरू आशावादी रहेको बताएकी छन्।

रेशमलाई शपथ ग्रहण गराएर डिल्लीबजार कारागार लगेपछि पत्रकारहरूसँग कुरा गर्दै रन्जिताले दुवैलाई अब न्याय मिल्छ भन्ने आशा लागेको बताएकी छन्। ‘एक वर्षपछि भएपनि न्याय मिलेको छ, खुसी लागेको छ’, ‘जसरी कैलालीका जनताले ३४ हजार ३४० मतले विजयी गराएर पठाउनुभयो यहाँको न्यायालयले पनि न्याय देओस्।’

उनले थपिन्, ‘दोषी हो भने सजाय दिनुस्, दोषी होइन भने न्याय दिनुस्।’ उनले आफ्नो श्रीमानमाथि लागेका मुद्दा हास्यास्पद भएको पनि दाबी गरिन्। रन्जिताले भनिन्, ‘हत्याको मुद्दा लागेको छ, डठाँ-चोरीको मुद्दा लागेको छ, हास्यास्पद छ। त्यो मुद्दा त मैले लगाउनुपर्ने हो। बच्चाको किताब र सामान जलाएको छ उनीहरूलाई मैले मुद्दा लगाउनुपर्ने हो।’

उनले कैलालीको टीकापुरमा सद्भाव चाहेको बताएकी छन्। उनले रेशम चौधरी छिट्टै बाहिर आउने विश्वास लागेको समेत बताईन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal