राजनीति

मेलम्ची आयोजना सडकमा ‘जापानी कार’ दौडिए झैं दौडिरहेको छ : प्रधानमन्त्री ओली

मेलम्ची आयोजना सडकमा ‘जापानी कार’ दौडिए झैं दौडिरहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना निकै तीब्रताका साथ चिल्लो सडकमा जापानी कार दौडिएजस्तो अघि बढिरहेको अघि बढिरहेको बताएका छन् ।

ललितपुरको बालकुमारी फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै प्रधानमन्त्रीले भने – मेलम्ची आयोजना पहिले चिप्ले किरा हिँडे जस्तो मेलम्ची आयोजना यो वर्ष जापानीज कार चिल्लो सडकमा हिडे जस्तो गरि अघि बढिरहेको छ’ हामी हाम्रो तर्फबाट कुनै कमी हुन दिने छैनौं ।’

इटालीयन कम्पनीले काम छाडेर हिँडे पनि प्रधानमन्त्रीले भने आयोजना तीब्र गतिमा अघि बढिरहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले मेलम्ची आयोजना निर्माण गरिरहेको इटालीयन कम्पनी सीएमसीले नै बाँकी काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal