मनोरञ्जन

हेल्लो जिन्दगी’मा खेल्ने हल्ला मात्र, बरु बलिउड फिल्ममा खेल्दैछु : अदिती बुढाथोकी

हेल्लो जिन्दगी’मा खेल्ने हल्ला मात्र, बरु बलिउड फिल्ममा खेल्दैछु : अदिती बुढाथोकी

‘कृ’ बाट चलचित्र उद्योगमा भित्रिएर निकै चर्चामा आएकी अभिनेत्री अदिती बुढाथोकीले नयाँ फिल्म ‘हेल्लो जिन्दगी’ मा काम गर्ने कुरा पक्का भएको खबर बाहिरिएको थियो । तर अन्ततः अभिनेत्री बुढाथोले त्यो चलचित्रमा काम गर्ने कुरा हल्ला मात्र भएको बताएकी छिन् ।

‘कसरी त्यस्तो हल्ला चल्यो, मलाई पनि थाहा भएन । अहिले नै मैले कुनै पनि नेपाली चलचित्रमा काम गर्न लागेकी छैन’, उनले भनिन् । चलचित्रको निर्देशन एभरेष्ट सूर्य बोहराले गर्ने बताइएको थियो । उनले निर्देशक बोहरासँग भेट भएको तर फिल्म बारे कुन कुरा नभएको बताईन् ।

उनले हाल नेपाली चलचित्रमा काम गर्न लागेको छैन बरु बलिउडका चर्चित अभिनेता फरहान अख्तरले बनाउन लागेको वेब सिरिज ‘इनसाइड एज २’ मा काम गर्न लागेको बताएकी छन् ।

यो वेब सिरिजमा अभिनेता विवेक ओवरायले काम गर्दैछन् । अदिती यो वेबमा मोडलको भूमिकामा प्रस्तुत हुन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस