राजनीति

सपथग्रहण लगत्तै रेशम चौधरीलाई पुनः जेल मै पठाइने

सपथग्रहण लगत्तै रेशम चौधरीलाई पुनः जेल मै पठाइने

प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथग्रहण गरेलगत्तै रेशम चौधरीलाई के गरिन्छ भन्ने जनचासो रहिरहेको बेला उनलाई पुनः डिल्लीबजार कारागारमै राखिने सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले बताएको छ।

‘रेशम चौधरीको मुद्दा कानुन अनुसार अघि बढ्छ। निर्वाचन आयोगले प्रमाणपत्रसहित पत्र पठाएपछि शपथ गराउनु संसदको कर्तव्य हो’ उनि संसद बैठकमा बस्न पाउँदैनन्।’ सभामुख महराका स्वकीय सचिव डिल्ली मल्लले भने ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ प्रतिनिधिसभाको सदस्य पक्राउ सम्बन्धी नियमको उपनियम ३ मा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहेमा सदस्यको हैसियतले कुनै कार्य गर्न नपाउने उल्लेख गरिएको छ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal