विज्ञान प्रविधि

हवाईजहाजको रङ किन सेतो हुन्छ ?

- एजेन्सी

हवाईजहाजको रङ किन सेतो हुन्छ ?

हामीलृ देख्दै आएको हवाईजहाजको रङ प्राय: सेतो हुन्छ? यसरी जहाजको रङ सेतो नै हुनुका पछाडि वैज्ञानिक कारण जोडिएको बताइन्छ ।

हवाईजहाज धेरै उचाईमा उड्ने भएकाले वायुमण्डलको तापक्रमले असर गर्न नसकोस् भनेर सेतो रङको प्रयोग गरिन्छ । सेतो रङमा तापमान बढ्ने सम्भावना कम हुने भएकाले हवाईजहाजको पाटपुर्जामा नराम्रो असर नपर्ने र सेतो रङले ताप र घाम आफूतिर एकिकृत हुन दिदैन जसका कारण जहाजको रङ सेतो बनाईन्छ।

त्यस्तै पेन्टिङमा लाग्ने खर्च पनि हो । यदि हवाईजहाजमा अन्य रङको प्रयोग गरियो भने छिट्टै उड्ने र फेरि रङ गर्न महंगो पर्न जान्छ ।

साथै, सेतो रङ लगाउँदा विमानको बडीमा आएको कुनै पनि खराबी जस्तै चिरा परेको वा तेल चुहिएको सजिलै देख्न सकिने भएकालेपनि यसमा सेतो रङको नै प्रयोग गरिन्छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal