मुख्य समाचार

राष्ट्रपतिद्धारा हेलिकप्टरबाटै कोदो, मकै र गहुँ खेती अवलोकन, स्कुल बन्द गरेर स्वागत

- रविन भट्टराई

राष्ट्रपतिद्धारा हेलिकप्टरबाटै कोदो, मकै र गहुँ खेती अवलोकन, स्कुल बन्द गरेर स्वागत

बुधबार झापा पुगृकी राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि परियोजनालाई हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी छन्।

गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्तीत एक सय बिघा जमिनमा सञ्चालित नमुना कृषि परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको छ । उक्त परियोजनाको हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी हुन् ।

शिवसताक्षी नगरपालिका–४ स्थित चन्द्रडाँगी कृषि फार्मको भने उनले स्थलगत अवलोकन गरिन् । कृषि फार्म ८४ बिघा क्षेत्रफलमा फैलिएको छ । फार्मलाई कृषि विश्वविद्यालय बनाउने पहल भइरहेका बेला राष्ट्रपति भण्डारीले अवलोकन गरेकी हुन् ।

कृषि अवलोकन भ्रमणपछि राष्ट्रपति भण्डारीले कृषि फार्म र परियोजनालाई सरकारले सुधार गर्दै कृषकलाई सेवा दिनेमा आफू आशावादी रहेको बताइन् ।

राष्ट्रपति कृषि अवलोकनमा आउने भएपछि सो क्षेत्रका ६ वटा स्कुल बिदा नै गरेर विद्यार्थी र शिक्षक कार्यक्रमस्थलमा आएका थिए । राष्ट्रपतिको स्वागतका लागि उनीहरु कार्यक्रमस्थलमा पुगेका हुन् । राष्ट्रपति भण्डारी दुई स्थानको अवलोकन गरी बुधबारै काठमाडौं फर्किएकी छन् । अन्नपुर्णपोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal