मनोरञ्जन

मोदीका कटु आलोचक बलिउड अभिनेता ‘प्रकाश राज’ चुनाव लड्दै

मोदीका कटु आलोचक बलिउड अभिनेता ‘प्रकाश राज’ चुनाव लड्दै

बलिउडका चर्चित अभिनेता प्रकाश राज चुनाव लड्ने भएका छन् । विभिन्न सफल फिल्महरुमा खलनायकको भूमिका निर्वाह गर्ने प्रकाशले लोकसभा चुनावमा उठ्न लागेका हुन् ।

भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचक समेत रहेका उनले मंगलबार एक ट्विट गर्दै आफू लोकसभा चुनावमा स्वतन्त्रबाट चुनाव लड्ने घोषणा गरेका हुन्। खास गरेर उनी मोदिको निकै कटु आलोचक भएकोले पनि भाजपाको बिरुद्धमा आवज उठाउदै चुनावमा उठ्नसक्ने आँकलन गरिएको छ ।

ट्विटरमा उनले नयाँ वर्षको शुभकामना दिदै लोकसभामाआफू स्वतन्त्रबाट चुनाव लड्नेबताएका हुन्। प्रकाशले आफ्नो ट्विटमा’अब की बार जनताकी सरकार’ समेत लेखेका छन्।
तर कुन क्षेत्रबाट उठ्ने भन्ने विषयमा उनले केही खुलाएका छैनन्।

प्रकाश राजले सलमान खानको ‘वान्डेट’, अजग देवगनको ‘सिंघम’मा खलनायकको रुपमा अभिनय गरेका छन्। भने दक्षिण भारतिय फिल्ममा त उनी सदावहार नै छाईरहन्छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal