मुख्य समाचार

रविन्द्र अधिकारीको ‘मन्त्री पद’ धरापमा, के राजीनामा नै देलान?

रविन्द्र अधिकारीको ‘मन्त्री पद’ धरापमा, के राजीनामा नै देलान?

वाइडबडी खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ घोटालामा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीलाई पनि कार्वाहीमा सिफारिस गरिएपछि राजीनिक वृत्तमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।

एक अन्तर्वार्तामा बाइडबडी खरिदमा गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु भन्दै आएका मन्त्री अधिकारीले अब सन्यासको बाटो रोज्लान् ? यो प्रश्न आम सर्वसाधारणका लागि चासोको विषय बनेको छ ।

रवीन्द्र अधिकारी युवाहरूमाझ लोकप्रिय भए पनि पछिल्लो समय प्रभावकारी काम गर्न नसकेको आरोप खेप्दै आएका मन्त्रीमध्येमा पर्छन् । तर उनले पटक–पटक सार्वजनिक कार्यक्रममै वाइडबडी खरिद प्रकरणमा आफ्नो संलग्नता नभएको र यदि त्यसो भेटिए आफू राजनीतिबाटै सन्यास लिन तयार रहेको घोषणा गर्दै आएका थिए ।

आफ्नै अभिव्यक्ति र उपसमितिको प्रतिवेदनलाई केलाउँदा अधिकारी नैतिक सङ्कटमा परिसकेका छन् । उनले मङ्सिर १० गते पोखरामा आयोजित कार्यक्रममा पनि वाइडबडी विमान खरिद प्रक्रियामा दोषी पाइए जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताएका थिए ।

आफै दोषीको दर्जामा रहेको भेटिएपछि उनी आफै कारवाहीको प्रक्रियामा आउनुपर्ने चुनौती बढेेेेपछि उनलाई मन्त्रीबाट राजिनामा दिन नैतिक दावब नै परेको छ तसर्थ उनको मन्त्री पद धरापमा परेको छ ।

वाइडबडीबारे अध्ययन गर्न लेखा समितिका सदस्य राजेन्द्र केसीको नेतृत्वमा बनेको उपसिमितिको प्रतिवेदनले जहाज खरिद गर्दा ८४ लाख अमेरिकी डलर, लागत अनुमान र खरिद मूल्यमा २३.६ मिलियन अमेरिकी डलर, कबोल गरेको मूल्यमा ६.८ मिलियन अमेरीकी डलर, प्रि–इन्सपेक्सनमा १ करोड घाटा भएको सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal