राजनीति

वाइड बडीमा भ्रष्टाचार आरोपबारे अहिले केही बोल्दिनँ : मन्त्री रविन्द्र अधिकारी

वाइड बडीमा भ्रष्टाचार आरोपबारे अहिले केही बोल्दिनँ : मन्त्री रविन्द्र अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले वाइड बडी जहाजमा आफ्नो संलग्नताबारे अहिले केही नबोल्ने प्रतिक्रिया दिएका छन्। मन्त्री अधिकारीलाई भ्रष्टाचारमा उनको संलग्नता किटानबारे सोधिएको प्रश्नमा यस्तो प्रतिक्रिया दिएका हुन्।

‘अहिले म यसबारे केही बोल्दिनँ,’ उनले भने, ‘आवश्यक परेपछि म संगठित रूपमा भन्छु।’ केही समयअघि एक अन्तर्वार्तामा अधिकारीले वाइड बडी विमान भ्रष्टाचारमा आफ्नो संलग्नता देखिए राजनीतिबाट सन्यास दिने समेत बताएका थिए।

नेपाल वायु सेवा निगमले एयरबस कम्पनीका दुई वटा वाइड बडी खरिदमा ४ अर्ब ३५ करोड ५६ भ्रष्टाचार भएको निष्कर्षसहित संसदीय उपसमितिले प्रतिवेदन तयार पारेको छ।

उपसमिति संयोजक राजन केसीले बुधबार प्रतिवेदन सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहलाई बुझाएका थिए।

प्रतिवेदनमा त्यस्तै, दुई पूर्वमन्त्रीहरू जितेन्द्रनारायण देव र जीवनबहादुर शाही पनि नैतिक रूपमा दोषी भएको उपसमितिको ठहर छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal