मुख्य समाचार

मन्त्री लालबावु पण्डित विरुद्ध फेसबुकमा ‘मनपरी लेख्ने’ कर्मचारीलाई कारवाहीको चेतावनी

मन्त्री लालबावु पण्डित विरुद्ध फेसबुकमा ‘मनपरी लेख्ने’ कर्मचारीलाई कारवाहीको चेतावनी

सरकारले निजामती सेवा ऐन र सामाजिक मर्यादा विपरीत संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सचिव दिनेश थपलिया लगायतविरुद्ध सामाजिक सन्जालमा लगता टिप्पणी गर्ने कर्मचारीहरुलाई कारवाहीको कडाचेतावनी दिएको छ ।

कर्मचारी समायोजन अध्यादेश अनुसार समायोजन कार्य अघि बढेको बेला निजामति कर्मचारीहरुले सामाजिक सन्जाल पत्रपत्रिका तथा लेखरचनामा सरकार, मन्त्री, सचिव लगायत मन्त्रालयको गरिमामा आँच आउने गरि टिकाटिप्पणी गरेको छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जारी गरेको विज्ञप्तिमा भ्रामक,अवान्छित र दुराशययुक्त क्रियाकलाप गर्ने कर्मचारीलाई निजामती सेवा ऐन, सुशासन ऐन र विद्युतीय कारोबार ऐन बमोजिम कारवाही गरिने चेतावनीसमेत दिइएको छ ।

यस्ता अमर्यादित टिकाटिप्पणी गर्ने कर्मचारीको रेकर्ड मन्त्रालयले राखेको समेत विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले निजामति कर्मचारीको पेशागत मर्यादा विपरीत स्टाटस,विचार,तस्वीर राख्ने लगायत अस्वभाविक क्रियाकलाप भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले कर्मचारी समायोजन अध्यादेश बमोजिम सबै निजामती कर्मचारीहरुलाई समायोजन प्रक्रियामा सहभागी हुन समेत अपिल गरेको छ ।

बिज्ञप्ती :

प्रतिक्रिया दिनुहोस