मनोरञ्जन

टोपी दिवसमा रामकृष्ण ढकालको स्वर र अभिनयमा ‘मै हुँ ढाका टोपी’ रिलिज

- सुरेश हमाल

टोपी दिवसमा रामकृष्ण ढकालको स्वर र अभिनयमा ‘मै हुँ ढाका टोपी’ रिलिज

अंग्रेजी नयाँ वर्ष बिभिन्न ठाँउमा नेपाली टोपी दिवस मनाईरहेको बेला सोही अवसरमा गीतकार ज्ञानु राजबंशीले ‘मै हुँ ढाका टोपी’ गीत सार्वजनिक गरेका छन् । उक्त गीतमा गायक रामकृष्ण ढकालको सुमधुर स्वर र सुनिल मास्केको कर्णप्रिय संगीत रहेको छ ।

गीतमा अमुल कार्कीको एरेन्जमेन्ट रहेको छ । गीतकार राजबंशीको ‘मेरो प्यारो नेपाल’ गीती एल्बममा समाबेश गरिएको गीत ‘मै हु ढाका टोपी’ को म्युजिक भिडियोमा गायक रामकृष्ण ढकाल आफैले अभिनयसमेत गरेका छन् ।

भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । युवराज वाइबाको निर्देशनमा बनेको यो भिडियोलाई ‘ए वान इन्टरटेन्टमेन्ट’ले बजारमा ल्याएको हो । ‘मेरो प्यारो नेपाल’ एल्बम मा समाबेश अन्य गीतहरुको पनि म्युजिक भिडियो छिट्टै निर्माण गरिने गीतकार राजबंशी जानकारी गराए ।

भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal