मनोरञ्जन

नेपाल आइडल टिम जापान उड्यो, भावुक बने रवी

नेपाल आइडल टिम जापान उड्यो, भावुक बने रवी

नेपालको चर्चित रियालिटी शो नेपाल आइडलको दोस्रो सिरिज सम्पन्न भयो । सुदूरपश्चिमका रवि ओड नेपाल आइडलको विजेता बनिसकेका छन् ।

नेपाल आइडलका आयोजकले नेपाल आइडलमा सहभागी टप ५ प्रतिस्पर्धीलाई विश्वका विभिन्न राष्ट्रहरुमा प्रस्तुतिका लिएर जाने बताईसकेको छ सोही अनुसार नेपाल आइडल २ को पहिलो अन्तर्राष्ट्रिय सांगीतिक प्रस्तुति जापानमा हुँदै छ ।

कार्यक्रममा सहभागिता जनाउनका लागि नेपाल आइडलका टप ५ प्रतिस्पर्धी जापान उडेका छन् । नेपाल आइडलका टप ५ प्रतिस्पर्धीसहितको टोली सोमबार बेलुका ८ बजेको उडानमा जापान उडेको हो ।

नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् ।

जापान प्रस्थान गर्ने क्रममा एअरपोर्टमा विभिन्न मिडियाहरुसँग कुरा गर्दै नेपाल आइडल २ का विजेता रवि ओड आमाको कुरामा निकै भावुक बने । केही दिनअघि मात्रै रविकी आमाको करेन्ट लागेर निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal