मनोरञ्जन

मेनुकाको म्युजिक भिडियो ५१ रुपैयाँमै बन्यो

मेनुकाको म्युजिक भिडियो ५१ रुपैयाँमै बन्यो

भारतको चर्चित रियालिटी सो सारेगमपमा उत्कृष्ट ११ सम्म पुगेकी मेनुका पौडेलले नेपाल देखि भारतसम्म निकै चर्चा पाईन् ।

साथसाथै उनको हालैै पनि फेरि चर्चामा छिन् । यसपटक गीत गाएर होइन, उनले गाएको गीतको सस्तो खर्चमा म्युजिक भिडियो बन्न लागेकाले । दीपेन्द्र घिमिरेको शब्द, एसडी योगीको संगीत रहेको गीतमा नीता ढुंगाना र निराजन प्रधानको अभिनय हेर्न पाइनेछ ।

‘रंगभित्रको उजाड जिन्दगी’ बोलको गीतका कलाकार र प्राविधिकले ५१ रुपैयाँ मात्र पारिश्रमिक लिएका छन् । यति थोरै किन त ? उनीहरु भन्छन्, “पैसा मात्र सबथोक होइन, कुनै-कुनै काम आत्मसन्तुष्टिका लागि पनि गरिन्छ ।
यसबाट मेनुकालाई पनि आफ्नो करियर निर्माणमा थप सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal