मुख्य समाचार

ट्याक्सीमा मिटर भाडा समायोजन, प्रतीकिमी ५३ रुपैयाँ

- रासस

ट्याक्सीमा मिटर भाडा समायोजन, प्रतीकिमी ५३ रुपैयाँ

नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ । विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो।

विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ। पहिला ट्याक्सी चलाउन थालेपछि एक किलोमिटर गुड्दा रू ५० मिटरमा उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि रू ५३ उठ्छ।

यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेसिनसमेत जडान गरिसकेको छ ।

नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतमले ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत हुने बताए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal