मुख्य समाचार

इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त

इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त गरेकी छिन् ।

सरकारले गरेको सिफारिसका आधारमा संसदीय सुनुवाई विशेष समितिले उनको नाम अनुमोदन गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले सोमबार एक बिज्ञप्ती जारी गर्दै जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal