विचार/व्लग

बीपीले भन्नुभयो – भारतको प्रस्ताब मान्नुभन्दा राजाको खुट्टा ढोग्छु !

- केबी गुरुङ

बीपीले भन्नुभयो – भारतको प्रस्ताब मान्नुभन्दा राजाको खुट्टा ढोग्छु !

वीपी मेलमिलापको नीति लिएर किन फर्कनुभयो भने विषयमा धेरैको जिज्ञासा छ । यसको उत्तर आइसकेको पनि छैन र पुरै आउन गाह्रो पनि छ ।

१६ पुस २०३३ सालमा नेपाल फर्कनुपर्छ भन्ने सोच नआउँदै वीपीले हामीलाई के भन्ने गर्नुहुन्थ्यो–जिन्दगीमा साह्रै अप्ठ्यारो अवस्था पनि मैले झेलेको छु । जेल जानुपर्दा जेल पनि गएको छु । जेलमा बस्दा अब मार्दैछ भन्ने हल्ला पनि चलाइन्थ्यो । मर्नुपर्छ भन्ने पनि लाग्यो । मर्न परे पनि मर्छु जस्तो लाग्थ्यो । तर, मलाई यो जतिको कठिन कहिल्यै भएको थिएन । अहिले जत्तिको वेदना कहिले पनि सहेको छैन भन्नुहुन्थ्यो ।

त्यो के हो ? त्यतिबेला हामीले सोध्न पनि सकेनौं, उहाँले भन्नुपनि भएन ।

पछि थाहा भयो, भारतले त्यतिबेला उहाँलाई एउटा प्रस्ताव राखेको रहेछ– यहाँ बस वा नेपाल जाउ, तिमी जिन्दगीभरि प्रधानमन्त्री बन्छौं । तर, सेना र परराष्ट्र हामीलाई देउ भन्ने प्रस्ताव आएपछि उहाँमा त्यस्तो छटपटी, बेचैनी भएको रहेछ ।

बिराटनगरका एकजना साथी वीपीलाई भेट्न गएका रहेछन् । वीपी एकजना मान्छेसँग कुरा गर्दै रहेछन् । ती साथीलाई वीपीले तिमी बस, तिमी बस भन्नु भएछ । मेरो भाइ बिरामी छ सान्दाजु, भन्दा पनि वीपीले तिमी एकछिन बस भनेर कुरा सुनाउनुभएछ । त्यसैक्रममा त्यो मान्छेलाई वीपीले भन्नुभएछ– म राजाको खुट्टा ढोग्न जाँदैछु, तर यहाँ बस्दिनँ ।

वीपीविरुद्ध नेपालमा सात÷आठवटा मुद्दा थिए, देशद्रोहका । यहाँ फर्किंदा मारिने सम्भावना धेरै थियो । त्यत्रो जोखिम हुँदाहुँदै मारे भने नेपालमै मर्छु भनेर फर्किए । वीपीले किन ज्यान हत्केलामा राखेर आए भन्ने राजाले पनि थाहा पाए । र, औषधी गर्न पठाए ।

त्यतिबेला वीपीले मेरो जीवनभन्दा देशको जीवन धेरै महत्वपूर्ण छ । म क्यान्सरले जति बिरामी छु, त्योभन्दा यो देश अझै बिरामी छ भन्नुभएको थियो । त्यसैले पनि उहाँमा राष्ट्रपतीको कति थियो भन्ने स्पष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal