प्रवास

मलेसियामा नेपाली युवा प्रेमिकासँग सुतीरहेको बेला केटीका श्रीमान अकास्मात आएसी भाग्दा मृत्यु

मलेसियामा नेपाली युवा प्रेमिकासँग सुतीरहेको बेला केटीका श्रीमान अकास्मात आएसी भाग्दा मृत्यु

मलेसियामा रोजगारीका लागि गएका एक नेपाली युवाको ४ तला माथिबाट खसेर ज्यान गएको छ । जर्जटाउनस्थित बायन बरुको टिङकाट मयाङ क्षेत्रमा एउटा फ्ल्याट बिल्डिङको चौथो तलाबाट खसेर आइतबार २४ वर्षका सन्दिप बोटको ज्यान गएको हो ।

बुकित जाम्बुलमा रहेको माइडिन सुपरमार्केटमा बिगत पाँच वर्ष यता सन्दिप कार्यरत थिए । अन्तिम दाहसंस्कारको लागि सन्दिपको शव नेपाल पठाउने तयारी गरेको कम्पनी श्रोतले बताएको छ । सन्दिप नेपालको चितवनका हुन् । उनको परिवारमा श्रीमती र २ बच्चासमेत छन्

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनी त्यहाँ प्रेमिका भेट्न गएको पाइएको छ । राती साढे २ बजे त्यहाँ प्रेमिकाको कोठामा गएका थिए । ती महिलाले आफूहरु ८ महिनादेखि साथी रहेको र एकै ठाउँमा काम गर्नेे बताएकी छिन् ।

ति महिलाका अनुसार बिहान ५ बजे अकास्मात उनका श्रीमान आएका थिए, त्यतिबेलासम्म सन्दिप कोठामै थिए त्यसपछि किचनको स्लाइडिङ डोर खोलेर भाग्ने क्रममा झुक्किएर खसेको र उनको ज्यान गएको प्रहरीले अनुमान गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal