विशेष सामाग्री

हिटरको तातोमा तड्पिएरै गयो इञ्जिनियर दम्पतीको जीवन

हिटरको तातोमा तड्पिएरै गयो इञ्जिनियर दम्पतीको जीवन

पुसको ठिहिर्याउने काठमाडौं अनि साँझ ६ बजे । जाइकामा कन्सल्टेन्ट रहेका इञ्जिनियर पुष्कर जोशी र सडक विभागमा कार्यरत इञ्जिनियर अप्सरा श्रेष्ठ कार्यालयबाट काम सकेर कोठामा आए । कोठामा ग्यास जोडिएको हिटर तापे । प्याक गरेर ल्याइएको मःम खाए । साथमा डेढवर्षको छोरा पनि थिए । तर त्यही मःम नै यी जोडीको ‘अन्तिम भोजन’ बन्यो । डेराको बास ।

इञ्जिनियर दिनेश भट्टले भन्नुभयो, ‘पैसाले मात्रै मान्छे काठमाडौंमा बाँच्दैन रहेछ सर ।’ छोटो कुराकानीमा निकै भावुक भन्दै भट्टले भन्नु भयो, ‘राज्य संयन्त्र यस्तो विषयमा गम्भीर भएन भने यस्ता कयौँ मृत्यु समाजमा ‘गुमनाम’ र परिवारलाई जीवनभर ‘पीडाको बोझ’ बनिरहने छ ।’

के भएको थियो ?
भट्ट भन्नुहुन्छ, ‘यो अनुमान मात्रै हो हाम्रो, तर यो पीडा हामी कहिल्यै भुल्न सक्दैनौँ ।’ साँझ ६ बजेतिरको घटना । इञ्जिनियर दम्पती डेरामा आए । हिटर तापेर मःम खाँदै थिए । सायद ग्यास लिक भयो र आगलागी भयो । ढोका बन्द थियो । भट्टले भन्नुभयो, ‘हाम्रो अनुमान हो, उनीहरु ग्यास लिक भएर आगलागी भएकै कारण जलेर मरे, सिलिण्डर विस्फोट भएको छैन, बेड जस्ताको तस्तै छ । तर पुष्कर र अप्सरा आगोको लप्कामा जलेका छन् । डेढ वर्षको छोरो पनि जलेको छ ।’

‘साँझ भएको घटना, डेराभित्र के भयो, छिमेकी र घरबेटीले पनि चासो दिएनन् । डेरा हेर्दा झ्याल फुटाउन खोजेको देखिन्छ । ढोकापट्टि नै हिटर भएकाले समस्या परेको देखिन्छ,’ भट्टले भन्नु भयो, ‘अन्तिम अवस्थामा गुहार मागेको देखिन्छ, वरपरकाले पनि सुनेको हुनुपर्छ तर भइदिएछ के भने, ‘चोर आयो’ भन्ने सुनेर वरपरकाले झन ढोका बन्द गरेर बसेछन्, समयमा उद्धार नभएर बचाउन सकिएन भन्ने मन थक्कथक्क भइरह्यो ।’

समयमा उद्धार भएन
वरपर हल्लीखल्ली भयो । ढोका समयमा खुलेन । ग्यासले जलेर उनीहरु गम्भीर घाइते भएका थिए । ‘पुष्करको दुवै हात हागोको मुस्लोमा परेको देखिन्छ, मेडिसिटीमा दुवै हात काटिएपछि उसको मृत्यु भयो,’ भट्टले सुनाउनु भयो, ‘यस्तो घटना नेपालमा कमै हुन्छ तर हाम्रो उपचार प्रणाली यस्तो रहेछ कि, पैसा भएर पनि मान्छे बाँच्न गाह्रो रहेछ।

थप्नुभयो, ‘पुष्कर दम्पतीको उद्धार हुनु पर्नेमा घटना पहिला प्रहरीमा पुगेछ । नजिकैको एउटा भाइ उद्धारका लागि तयार हुँदा र प्रहरी आइपुग्दा उस्तै–उस्तै समय भएछ । उद्धारमा निकै ढिला भयो भन्ने लाग्यो ।’

आगलागी पीडितलाई पहिला स्लाइन जरुरी :
यो घटनाले सिकाएको अर्को पाठ हो, आगो लागेको मानिसलाई पहिला स्लाइन चढाउनु पर्छ । ‘आगोले शरीरको रगत र पानीको मात्रा सकाउँछ, किड्नीमा असर गर्छ । त्यसैले सक्दो चाँडो पानी दिनु पर्छ,’ इञ्निनियर भट्टले भन्नुभयो, ‘उनलाई तत्काल केही बोतल स्लाइन चढाइएको भए बाँच्ने आसा थियो ।’

आगोले पोले कीर्तिपुर अस्पताल जाउँ :
काठमाडौं उपत्यकामा आगोले पालेको उपचार हुने अस्पताल हो कीर्तिपुर अस्पताल । काठमाडौंको एउटै मात्र अस्पताल, जहाँ आगोले पोलेको विशेष ढंगबाट उपचार हुन्छ । पुष्कर दम्पतीलाई पनि कलंकीमा भएको घटनापछि नजिकको अस्पताल लगियो । ‘पलपलमा यसो भएको भए बाँच्थ्यो कि भन्ने ‘होप’ले पा हामी तड्पिइरहेका छौँ,’ इञ्जिनियर भट्टले भन्नुभयो, ‘कीर्तिपुर अस्पताल त पु¥याउन सकिएन नै, स्लाइन पनि चढाइएन, उल्टो त्यहाँबाट कीर्तिपुर अस्पताल लैजान पनि बिलिङ र अरु कागज मिलाउँदा ४ घण्टा ढिलो भयो ।’

अनेक व्यवधानबीच पुष्कर दम्पतीलाई कीर्तिपुर अस्पताल लगियो । उनलाई डायलाइसिस गर्नु पर्ने भयो । तर दुःखको कुरा आगलागी पीडितको विशेष अस्पतालमै डायलाइसिस सेवा रहेनछ । त्यहाँ पनि पुष्करको उपचारमा फेरि व्यवधान भयो । आगोले पोलेको पीडामा आफ्ना सहकर्मी अचेत भइरहँदा हरसम्भव प्रयास ग¥यौँ र मेडिसिटी ल्यायौँ । मेडिसिडीमा उपचार क्रममा पुष्करको हात काटियो तर बचाउन सकिएन ।

मेडिसिटीमा पुष्कर दम्पतीलाई लैजाँदा तेस्रो अस्पताल ‘चेन्ज’ थियो । अर्थात् निकै ढिलो भइसकेको थियो । मेडिसिटीमा भारत लैजाने सल्लाह भयो । इञ्जिनियर सर्कलमा नाम चलेका दम्पती थिए । खर्च साथीभाइले जुटाएकै थिए । मुम्बइमा अग्निपीडितको उपचार राम्रो हुने खबरपछि त्यहाँ लैजाने तयारी भयो । दम्पतीका लागि दुई वटा ‘एयर एम्बुलेन्स’ पनि जोहो भयो । त्यो पनि ४० लाख रुपैयाँ तिर्ने गरी । तर फेरि आइलाग्यो व्यवधान । ‘मेडिसिटीबाट विमानस्थलसम्म पु¥याउने, त्यहाँबाट एयर एम्बुलेन्समा इन्धन भर्ने काम गर्दा अरु ४ घण्टा उपचारविहीन हुँदा झन कठिन हुने बताए उपचाररत चिकित्सकहरुले ।’ ‘चार घण्टा बाहिर राख्न बिरामीलाई गाह्रो हुन्छ भने,’ भट्टले फेरि दोहो¥याउनु भयो, ‘पैसा भएर मात्रै मान्छे कहाँ बाँच्न बचाउन सकिँदो रहेछ र ?’ उपचारक्रममै अप्सराको पनि १५ गते निधन भयो ।

जाइकामा कन्सल्टेन्ट पुष्कर वैतडीका हुन् । उनी दोगडाकेदार गाउँपालिकाका हुन् । अप्सरा तनहुँ डुम्रेकी हुन् । ‘दुवै ‘पायोनियर इञ्जिनियर’ हुन्,’ भट्टले भन्नुभयो, ‘प्रेम विवाह भएको थियो, एउटा सन्तान थियो, हासिखुशी जिन्दगी पीडैपीडामा छट्पटिएर सकियो ।’ उनीहरुको डेढवर्षीय छोरा खतरामुक्त छन् । उपचार जारी छ ।
(जनता समाचारको सहयोगमा)

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal