मुख्य समाचार

बहिनीको मृत्युपछि मलामी आएका दाजुको बेहोस भएरै ज्यान गयो

बहिनीको मृत्युपछि मलामी आएका दाजुको बेहोस भएरै ज्यान गयो

दमौली, शुक्लागण्डकी महोत्सव हेरेर फर्कंदै गरेकी ऋषिङ ७ दधिवनकी युवतीको मोटरसाईकलबाट खसेर ज्यान गयो। बहिनीको मृत्यु भएपछि मलामीका लागि आएका दाजुले समेत बेहोस भएर ज्यान गुुमाएका छन् ।

ऋषिङ ७ कै ४४ वर्षका भक्तबहादुर थापा म्याग्देको निर्मलबस्ती नजिकै ग ११ प ५५०२ नम्बरको मोटरसाईकलबाट खसेर ज्यान गुमाएकी बहिनी प्रमिशा थापाको दाहसंस्कारको तयारीका लागि दाजु दमौली आउदा यस्तो घटना हुन पुगेको हो ।

उनी दमौली अनशन चौतारा नजिकै आइपुगेका थिए। जिल्ला प्रहरी कार्यालय अगाडि एक्कासी बेहोस भएर लडेका थिए। उनलाई उपचारका लागि दमौली अस्पताल लगिएको थियो। तर दमौली अस्पतालमा चिकित्सकले मृतक घोषणा गरे। यसरी केही समयमै एकै परिवारका दाजु बहिनीको दुखद अन्त्य हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस