मनोरञ्जन

जान्ह्वीको बोल्ड अवतारले बलिउडमा हलचल (फोटो फिचर)

जान्ह्वीको बोल्ड अवतारले बलिउडमा हलचल (फोटो फिचर)

बलिउड अभिनेत्री जान्वी कपुर हालै माल्दिभ्सबाट छुट्टी मनाएर मुम्बई फर्किइन्।

माल्दिभसमा आफ्नो साथीहरुका साथ मस्ती गरेर फर्केकी जान्वी मुम्बई फर्केपछि पनि मादिभ्समा रहँदा खिचेका आफ्नो बि कनी अवतारको फोटो सामाजिक सञ्जालमा शेयर गरिरहेकी छिन्। ती तस्वीरमा जान्वी निकै बोल्ड अवतारमा छिन्।

जान्हवी कपुरले माल्दिभ्स पुगेर गरेका उनको फोटोशुट यतिबेला चर्चाको विषय बनेको छ। महामा-रीमा पनि फोटोशुट गर्न हतार गरेको भन्दै धेरैले आलोचना गरेका छन्।

जान्हवीले यसको जवाफ पनि दिएकी छन्। उनले भनेकी छन्, ‘यो फोटोसुट लकडाउन पहिलेकाे हो। फोटोशुटका क्रममा हामीले सबै सावधानी अपनाएका थियौं।’

उनका फोटोहरुमा केही फ्यानले तारिफ गरिरहेका छन् भने धेरैले चाहिँ उनको यो अवतार मन पराएका छैनन्। हाल सामाजिक सञ्जाल तथा मिडियामा भाइरल भइरहेको जान्वीको उक्त फोटोमा मानिसहरुले जान्वीलाई आफू श्रीदेवीको छोरी भएको कुरा नबिर्सन भनेका छन् ।

धेरैले जान्वीबाट आफूहरुले यस्तो तस्वीरको अपेक्षा नगरेको र उनलाई यस्तो अवतारमा नसुहाएको प्रतिक्रिया दिएका छन्।

हालै फिल्म रुहीमा राजकुमार राव तथा वरुण शर्माको साथ देखिएकी जान्वी अब छिट्टै गुड लक जेरी, तख्त तथा दोस्ताना–२ जस्ता ठूूला फिल्ममा देखिँदै छिन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७