समाचार

गण्डकीमा थप दुईजना कोरोना संक्रमतिको मृत्‍यु

गण्डकीमा थप दुईजना कोरोना संक्रमतिको मृत्‍यु

२२ वैशाख, पोखरा- गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमतिको मृत्‍यु भएको छ ।

मृत्‍यु हुनेमा पर्वतको जलजला गाउँपालिका-७ का ८४ वर्षीय कोरोना संक्रमित पुरुष र स्याङ्जा, गल्याङ नगरपालिका-११ का ५० वर्षीय पुरूष रहेका छन् ।

८४ वर्षीय कोरोना संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पतालमा पोखरामा मृत्‍यु भएको छ । उनी २१ गते कोरोना संक्रमित भएको थियो भने उनी मुटुको विरामी समेत थिए ।

५० वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्‍यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनलाई १८ गते कोरोना संक्रमण देखिएको थियो भने उनलाई २१ गते अस्पतालमा भर्ना गरिएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्‍या २३७ पुगेको छ ।

यो पनि – हेटौंडामा थप एकजना कोरोना संक्रमितको मृत्यु

हेटौंडा । मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना भएका मकवानपुरगढी गाउँपालिका- ५ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

उनका अनुसार हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या ६ पुगेको छ । मृतक मध्य हेटौंडाका चार र बाहिरी जिल्लाबाट उपचारका लागि आएका दुईजना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७