समाचार

कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरै एकैदिन ५५ जनाको मृत्यु

कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरै एकैदिन ५५ जनाको मृत्यु

काठमाडौं – देशभर कोरोना संक्रमणले एकैदिन ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरेर ५५ जनाको मृत्यु भएको हो।

यो एकैदिन मृत्यु भएका संक्रमितको अहिलेसम्मकै धेरै संख्या हो । योसँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, गएको २४ घण्टामा ७ हजार ६ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।

१६ हजार ७ सय २ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ र ५ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ ।

यो पनि – बैतडी जिप दुर्घटना: मृ-तकको सङ्ख्या ६ पुग्यो

धनगढी – बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।४ जनाको घटना स्थलमा र २ जनाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो । पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको हो ।

दुर्घटनामा गम्भीर घाइते रहेको जिप चालक दशरथ चन्द नगरपालिका–४ का ४५ वर्षीय तेज बहादुर बोहरा , पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको बोलेरो जिप मङ्गलवार दिउसो पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ४ जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७