Breaking

शव पोष्टमार्टमका लागि ल्याउदै गरेको जीप दुर्घटना, ४ जनाको मृत्यु !

शव पोष्टमार्टमका लागि ल्याउदै गरेको जीप दुर्घटना, ४ जनाको मृत्यु !

बैतडीमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्दसिंह भण्डारीको शव पो-ष्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

जीप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको र जीप सडकबाट करिब ५सय मिटर तल खसेको छ।

यो पनि – एकैदिन ५५ जनाको कोरोनाबाट मृत्यु

नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार अपरान्ह सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर ५५ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि एकैदिनमा ३७ जनाले ज्यान गुमाएको रेकर्ड थियो ।

आज दैनिक भेटिएका सङ्क्रमितको संख्यामा पनि नयाँ रेकर्ड कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७