मनोरञ्जन

नेपालका चर्चित ५ इन्स्टाग्राम क्विन, कसको फ्लोवर्स कती ?

नेपालका चर्चित ५ इन्स्टाग्राम क्विन, कसको फ्लोवर्स कती ?

सामाजिक संजाल जहाँ हर कोहिले आफ्ना मनमा लागेका भावनाहरु होस या तस्बिर भिडियो शेयर गर्न सक्छन ।

सामाजिक संजलका कारण मनमा लागेका भावना अनि सुन्दर तस्बिर साझा गर्न सजिलो भएको छ । नेपाली फिल्म क्षेत्रमा धेरै कलाकारहरुलाई संजालहरुबाट दर्शक तथा फ्यानसँग सम्वन्ध बढाउन सजिलो भएको छ ।

आज हामि ५ जना अभिनेत्रीहरुको बारे जानकारी दिदैछौ, जसले सामाजिक संजाल इन्स्टाग्राम मार्फत थुप्रै फ्यान कमाएका छन् । इन्स्टाग्राममा सर्वाधिक फ्लोवर्स कमाएका यी अभिनेत्रीहरुलाई इन्स्टाग्राम क्विन भन्दा फरक नपर्ला ।

अदिति बुढाथोकी

बलिउडमा समेत आफ्नो कला प्रस्तुत गरिसकेकी अभिनेत्री हुन अदिति बुढाथोकी। पहिलो फिल्म ‘कृ’ बाटै सबैको नजरमा पर्न सफल भएकी उनि इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय रहन्छिन। अदितिको इन्स्टाग्राममा उनलाई फलो गर्ने फ्यानहरु १४ लाख भन्दा बढी छन ।

प्रियंका कार्की

फिल्म क्षेत्र तथा सामाजिक संजालमा सबै भन्दा बढी खोजिने अभिनेत्री प्रियंका कार्की हुन। मिस टिन, भिजे हुदै फिल्म क्षेत्रमा अहिले एक छत्र राज गरिरहेकी अभिनेत्री सामाजिक संजालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन। उनको इन्स्टाग्राम फ्लोअर्स १० लाख भन्दा बढी छ ।

सृष्टि श्रेष्ठ

मिस नेपाल २०१२ भैसकेकी सृष्टिले फिल्म ‘गाजलु’बाट डेब्यु गरेकी थिईन । पहिलो फिल्मबाट सफलता पाएकी यी ‘गाजलु गर्ल’का त्यसयता कुनै फिल्म प्रदर्शनमा नआएता पनि उनि सामाजिक संजालमा भने सक्रिय रहन्छिन । उनको यो बर्ष रोमियो एण्ड मुना, लाउरे र बाँध मायाले जस्ता फिल्महरु प्रदर्शन क्रममा छन । इन्स्ग्राटाममा सृष्टिको फलोअर्स ६ लाख २८ हजार भन्दा धेरै छन ।

नम्रता श्रेष्ठ

सुन्दर अनुहार र उत्कृष्ट अभिनयका कारण चर्चामा रहने नम्रताले भर्खरै फिल्म ‘जायरा’को छायांकन सकेर ‘प्रसाद’को छायांकनको तयारीमा छिन । सामाजिक संजालमा पनि उत्तिकै सक्रिय रहने उनको इन्स्टाग्राम जम्मा ६ लाख ७४ हजार फलोअर्स छन ।

स्वस्तिमा खड्का

होस्टेल रिटर्न्सबाट फिल्म क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री हुन् स्वस्तिमा खड्का ।भर्खरै मात्र जय भोलेको छायांकन सकेकी उनि सामाजिक संजालमा पनि सक्रिय रहन्छिन । उनको इन्स्टाग्राममा ९ लाख भन्दा बढी फलोअर्स छन।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७