मुख्य समाचार

कास्कीमा आजदेखी लकडाउनः के खोल्न पाइन्छ, के खोल्न पाइदैन ?

कास्कीमा आजदेखी लकडाउनः के खोल्न पाइन्छ, के खोल्न पाइदैन ?

पोखरा- कास्की जील्लामा वैशाख २१ गते मंगलबारदेखी लकडाउन घोषणा गरिएको छ ।

जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको आदेशअनुसार वैशाख २१ गते विहान ५ बजेदेखी ३१ गते राती १२ बजे सम्म अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

विश्व महामारिको रुपमा फैलिरहेको नयाँ कोभिड-१९ को संक्रमण तीब्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै कोरोना संक्रमण फैलावट रोक्न लकडाउन गरिएको पत्रमा लेखिएको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा जारी पत्रमा तरकारी तथा फलफूल, खाद्यान्न, औषधिलगायतका बाहेकका पसलहरु बन्द गर्न ,सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाउने, अनावश्यक रुपमा मानिस घरबाहिर निस्कन नपाउने आदेशमा उल्लेख
गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७