राजनीति

राष्ट्रपतिद्धारा गण्डकीमा सीता पौडेल प्रदेश प्रमुखमा नियुक्त

राष्ट्रपतिद्धारा गण्डकीमा सीता पौडेल प्रदेश प्रमुखमा नियुक्त

वैशाख, राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरु पदमुक्त भएका छन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।

माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।नवनियुक्त प्रवेश प्रमुखले सोमबार नै सपथ लिने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

यो पनि – उपत्यकाको निषेधाज्ञामा आइतबारदेखि थप कडाइ गर्दै प्रशासन

उपत्यकामा प्रशासनले लगाएको निशेधाज्ञामा आइतबारदेखि थप कडाइ गरेको छ । सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै प्रशासनले थप कडाइ गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरसँग भने, ‘अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएको छ। यसलाई थप कडाइ गर्दै लानेछौं ।’ पराजुलीसहित जिल्ला सुरक्षा समितिको टोलीले शनिबार काठमाडौँका विभिन्न‍ स्थानमा स्थलगत निरीक्षण गरेर निषेधाज्ञा कार्यान्वयनको अवस्था जानकारी लिएको थियो ।

यसैबीच, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निषेधाज्ञाको समयमा सवारी चापलाई कम गर्न बैंक तथा वित्तीय संस्थाहरुका एक चौथाइ शाखाहरु मात्रै सञ्‍चालन गर्न दिने निर्णय गरेको छ। त्यसमा पनि एक चौथाइ कर्मचारी राख्‍नुपर्ने र त्यसको पनि सहजीकरण नेपाल राष्ट्र बैंक गर्नुपर्ने भनिएको छ ।

यस्तै, सरकारी कार्यालयमा पनि एक चौथाइ मात्रै कर्मचारी राखेर सञ्‍चालन गर्न भनिएको छ ।

कोरोनाभाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७