समाचार

कोरोनाले लियो २८ वर्षीय ईन्जिनियर पन्तको ज्यान !

कोरोनाले लियो २८ वर्षीय ईन्जिनियर पन्तको ज्यान !

देशैभर भयावह अवस्था निम्त्याउदै गरेको कोभिड- १९ को संक्रमणबाट इलेक्ट्रीकल ई. सन्जिब पन्तको निधन भएको छ ।

ई. सन्जिब पन्तले पश्चिमाञ्चाल क्याम्पस पोखराबाट डिप्लोमा र नेश्नल कलेज अफ इन्जिनियरिङबाट बी.ई. अध्ययन गरेका थिए ।

२८ वर्षिय पन्त अध्यापन पेशामा कार्यरत थिए । कोभिड-१९ बाट संक्रमित पन्त तीन दिनदेखि भरतपुर अस्पतालमा भर्ना भएका थिए । उपचारकै दौरानमा उनको शनिवार निधन भएको हो ।

पछिल्लो समय कोभिडबाट युवा उमेरका ब्यक्तीको मृत्युदर बढीरहेको छ ।

यो पनि – आन्तरिक उडान सोमबार मध्यरातदेखि बन्द

कोभिड-१९ को सं-क्रमण अत्याधिक रुपमा बढेको अवस्थालाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान भोलि सोमबार मध्यरातदेखि बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ ।

आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ ।

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने भएको छ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७