मनोरञ्जन

पुष्पल र आँचल ‘भिजिट भीसा’मा कहाँ जादैछन् ?

पुष्पल र आँचल ‘भिजिट भीसा’मा कहाँ जादैछन् ?

अभिनेत्री आँचल शर्मा र अभिनेता पुष्पल खड्काको जोडीलाई दर्शकले पहिलो पटक फिल्म दाल भात तरकारीमा देख्दैछन्। फिल्ममा समावेश “भिजिट भीसामा” बोलको गीतमा यसका मुख्य कलाकारलाई फिचर गरिएको छ । हाल धमाधम गीतको छायांकन भैरहेको छ

शम्भुजित बास्कोटाले तयार पारेको गीतमा अभिनेता पुष्पल खड्का र अभिनेत्री आँचल शर्मालाई देख्न सकिन्छ । सिनेमाको यो गीतमा कलाकार हरिवंश आचार्य, अभिनेत्री आँचल शर्मा, बर्षा राउत, कलाकार राजाराम पौडेललाई पनि देख्न सकिन्छ ।

किरण केसीको लगानीमा तयार भैरहेको सिनेमालाई सुदन केसीले निर्देशन गरिरहेका छन् । कविराज गहतराजले गीतको भिडियोमा कोरियोग्राफी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal