मुख्य समाचार

पोखरामा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु

पोखरामा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु

१९ वैशाख, पोखरा- गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका पाँच्, पर्वत, दाङ र रुपन्देहीका एक/एक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

डा. शर्माका अनुसार वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–२६ की ५८ वर्षीया महिलाको शनिबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भयो । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१६ की ७३ वर्षीया महिला र वडा नम्बर–१० की उमेर खुल्न नसकेकी महिलाको शनिबार मेडिप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डा. शर्माले बताए ।

पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनीमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।

पर्वतको कुश्मा नगरपालिका–५ की ७६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा शनबिार मृत्यु भएको अस्पतालले जनाएको छ । उनीमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षीय पुरुषको शनिबार बिहान १ः२२ बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ वर्षीय पुरुषेको आइतबार बिहान १०ः३० बजे मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७