मनोरञ्जन

टिकटकमा रमाउदै नयाँ पुस्ता देखि सेलीब्रेटीसम्म

टिकटकमा रमाउदै नयाँ पुस्ता देखि सेलीब्रेटीसम्म

सन् २०१६ को सेप्टेम्बरमा चीनबाट सुरु भएको टिकटक छोटो समयमै निकै चर्चित भएको छ । । बाइटडान्स नामक इन्टरनेट टेक्नोलोजी कम्पनीको यो सोसल मिडिया एप्स खासगरी एसियाका देशहरूमा बढी लोकप्रिय छ । चीनको संघाईबाट स्टार्टअप व्यापारका रूपमा सुरु भएको टिकटकको कार्यालय अमेरिकाको क्यालिफोर्नियामा पनि छ ।

विश्वका बिभिन्न देशमा समेत यसका प्रयोगकर्ता निरन्तर बढ्दै गएका छन् । सबैभन्दा छोटो अवधिमा धेरै प्रयोगकर्ता बनाउन सफल यो एप्स अहिलेसम्म विश्वका ३४ भाषामा आईओएस र एन्ड्रोइड दुवै अपरेटिङ सिस्टममा उपलब्ध छ ।

सन् २०१४ को नोभेम्बरमा म्युजिकल्ली एप्सका रूपमा प्रयोगकर्तामाझ आएको यो एप्सको नाम सन् २०१८ को अगस्ट २ मा म्युजिकल्लीबाट टिकटक भएको हो । टिकटकले नोभेम्बर ९, २०१७ मा १ बिलियन अमेरिकन डलरमा बाइट्डान्स कम्पनीको म्युजिकल्ली खरिद गरेको हो । सन् २०१६ सम्म आइपुग्दा म्युजिकल्लीका प्रयोगकर्ता ९० लाख पुगिसकेका थिए । त्यसको एक वर्षमै प्रयोगकर्ताको संख्या २ सय मिलियन पुगेको थियो ।

पछिल्लोो पुस्ता त टिकटकमा सक्रिय छन नै साथसाथै नेपाली सेलिब्रिटीहरु पनि निकै सक्रिय देखिन्छन् । अभिनेत्री वर्षा राउत, आँचल शर्मा, नीता ढुंगाना, पूजा शर्मा, केकी अधिकारी प्रियंका कार्की, सारिका घिमिरे, मोडल तथा डान्सर आश्मा विश्वकर्मा, अनु शाह, गायिका इन्दिरा जोशी, अभिनेता, निर्माता तथा निर्देशक शोभित बस्नेत आदि टिकटकमा सक्रिय नेपाली सेलिब्रिटी हुन् ।

विभिन्न नेपाली एवं हिन्दी गीत, चलचित्रका डायलग तथा समसामयिक विषयहरूमाथि यी सेलिब्रेटीले टिकटक भिडियो बनाएर पोस्ट गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal