अर्थ

हिरोको एक्सपल्सको नयाँ अवतार

हिरोको एक्सपल्सको नयाँ अवतार

सहरी क्षेत्र र अफरोड दुबै बाटामा राम्रो पर्फमेन्स दिन सक्ने हिरो एक्सपल्स २०० निकै सफल एड्भेन्चर मोटरसाइकलको रुपमा रहेको छ । नेपालमा पनि वार्षिक ४ हजार यूनिट हाराहारीमा विक्री भएको यो मोटरसाइकल सेग्मेन्टकै सर्वाधिक सफल मोटरसाइकल हो ।

चार लाखभन्दा कम मूल्य, उत्कृष्ट डिजाइन र सन्तोषजनक पर्फमेन्सको कारण हिरो एक्सपल्स २०० नेपाली बजारमा पनि सफल मोटरसाइकल बन्न सफल भएको छ ।

ड्यूल स्पोर्टस् डिजाइनको यो मोटरसाइकल बाजारमा आएको दुई वर्ष भइसकेको छ । यस्तोमा भारतीय डिजाइनरले यसको नयाँ जेनेरेशन मोडलका विभिन्न अनुमानित तस्विर बाहिर ल्याइरहेका छन् । अविन आर्टले यसको नयाँ तस्विर बाहिर ल्याएको हाे । यो नयाँ तस्विर शोसल मिडियामा निकै चर्चामा रहन समेत सफल भएको छ ।

डिजिटल तस्विरमा स्मोक्ड एलइडी हेडल्याम्प, होरिजेन्टल एलइडी डे टाइम रनिङ लाइट, फकर फ्रन्ट फेन्डर, नयाँ नकलगार्ड जस्ता फिचरले यसको अगाडिको भागलाई फरक र आक्रमक बनाएको देखिन्छ । यसको फ्यूल ट्याङ्कलाई पनि निकै बोल्ड लुक्स दिइएको छ । फरक सिट, फरक तरिकाले दिइएको एगजस्ट पाइप, अगाडि प्रयोग भएको यूएडी फर्क र पछाडि रहेको मोनोशक सस्पेन्सले यो मोटरसाइललाई अहिलेको भन्दा आकर्षक देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७