Uncategorized

यी ५ राशि भएका महिला हुन्छन् अधिक चलाख र बुद्धिमान

यी ५ राशि भएका महिला हुन्छन् अधिक चलाख र बुद्धिमान

हामी कति बुद्धिमान छौँ भन्ने कुरा हामी आफैँ मापन गर्न सक्दैनौ । समझदारी या हाम्रो बुद्धि कौशलको अनुमान तब मानिसलाई थाहा हुन्छ, जब हामी कुनै विपत्तिमा आफ्नो दिमागको प्रयोग गर्छौँ ।

चलाखीपूर्वक बुद्धिको प्रयोग गर्नु पनि एक कला हो, जो हाम्रो ज्योतिषीय गुणमा समावेश छ । हुनतः हरेक महिलामा आ-आफ्नो गुण हुन्छ तर आज हामी राशिको माध्यमले वास्तवमा कुन-कुन राशि भएका महिला अधिक चलाक र बुद्धिमान हुन्छन् ? भन्ने कुरा जानकारी दिदैछाैँ ।

तुला राशि

हरेक समस्याको सहजै समाधान निकाल्न तुला राशि भएका महिलाहरु आफ्नो बुद्धिमानीको कारण नै चिनिन्छन् । यो राशि भएका महिलाहरु आफ्नो स्तरमा आइडिया सोच्ने गर्दछन् र यसलाई एक अलग ढंगले प्रदर्शन गर्दछन्। यदि कुनै सोचलाई परिवर्तन गरी केही नयाँ काम गराउने सोच्नुहुन्छ भने यसको लागि तुला राशि भन्दा राम्रो कुनै राशि हुनसक्दैन ।

तुला राशि भएका महिलाह्ररुसँग हरेक समस्याको समाधन हुन्छ । जब कुनै पनि समस्या उत्पन्न भएमा यस राशिका महिलाले हरेक किसिमले समाधान निकालेर नै छोड्छन्। यस राशिका महिलाहरु एकदमै मिलनसार मित्र र राम्रो सल्लाहकार मानिन्छन् ।

कन्या राशि

आलोचक र विश्लेषक ज्योतिष शास्त्रका अनुसार कन्या राशि हुने महिलाहरुको सबैभन्दा ठूलो विशेषता नै यिनीहरू ज्यादै बुद्धिमानी हुन्छन् ।यी महिलाहरुले उचित अवस्थामा मात्र प्रतिक्रिया जनाउँछन् । यिनीहरू एक(एक गरि आफ्नो दिमागमा विचारलाई सिर्जना गर्दछन् र सही समयमा नै बलियो रहेको त्यस विचारलाई सबैको अगाडी देखाउँछन् । यी मानिसहरू अवस्थालाई विश्लेषण गरेर
मात्र अगाडी बढ्छन् ।

कुम्भ राशि

कुम्भ राशिको महिलाहरु सबैभन्दा बढी समझदार हुन्छन् किनकी यी मानिस हरेक स्थिति अनुकूल नै निर्णय लिन्छन् । यस राशिका महिलाहरु सबैभन्दा अलग सोचका हुन्छन् ।

यिनिहरूको दिमागमा सधैँ अलग र क्रिएटिभ आइडियाले जन्म लिन्छ । यो राशि भएका महिलाहरु आफ्नो कुशलतालाई देखाउन कहिलै पछि हट्दैनन् ।

यी महिलाहरुमा सबैको मनमा राज गर्ने कौशल हुन्छ । यिनीहरू ज्ञानको धनि हुन्छन्, आफ्नो गहन ज्ञानको कारणले यी मानिस हरेक समस्याको कुनै न कुनै हल निकाल्छन् ।

मीन राशि

यस राशिलाई भावुक राशि भनिन्छ र जब कुरा दिमाग चलाउने आएमा यो राशि भएका महिलाहरु आफ्नो हिसाबले काम गर्छन् ।यदि यिनीहरूमा कुनै एकदमै महान विचार छ भने त्यसमा हृदय देखि नै काम गर्छन् र त्यसलाई सबैको सामु ल्याउन अधिक मेहेनत गर्छन् । यी राशि भएका महिलाहरु एक महान बुद्धिको स्वामी हुने गर्छन् ।

सिंह राशि

चलाकको राजा सिंह राशि भएका महिलाहरुलाई यदि कुनै यस्ता काम दिनुहोस्, जसमा बढी दिमाग लगाउनु पर्ने आवश्यकता पर्दछ । हुनसक्छ कि उनीहरूले पहिलो पटक त्यो काम नबुझे पनि तर हार मान्दैनन् ।

यस राशिका महिलाहरुले थोरै ढिलो समझदारी देखाउँछन् तर यसको अर्थ यो पनि होइन कि यी मानिसहरू बुद्धिमान हुँदैन। यिनीहरू कुनै पनि काम सोच्नको लागि थोरै समय लगाउँछन् तर यिनीहरूले एक पटक गर्छु भनेपछि त्यो गरेर छोड्छन् ।

थप समाचार –

धनगढीमा थप एकजना कोरोना संक्रमितको मृ’त्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३ की ३८ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले श्वासप्रश्वास सम्बन्धी समस्या भएकी ती महिलाको कडा खालको निमोनियाका कारण मृ’त्यु भएको जानकारी दिए ।

यसअघि शनिबार सेती अस्पतालमा उपचाररत अन्य तीनजना संक्रमितको पनि मृत्यु भएको थियो ।्

यसैबीच शनिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कैलालीमा जारी निषेधाज्ञाको अवधी बढाउने निर्णय गरेको छ ।

वैशाख १६ गतेदेखि २२ गतेसम्म लागु हुने गरी जारी गरेको निषेधाज्ञाको अवधी लम्ब्याएर वैशाख ३० गतेसम्म पु¥याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरसको जोखिम कम भएका चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका बाहेकका सबै पालिकामा वैशाख ३० गतेसम्म निषेधाज्ञा कायम रहनेछ ।

यस्तै बैठकले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर वैशाख २० गतेदेखि बैंक तथा वित्तीय संस्था बिहान ९ देखि साढे ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ भने एउटा संस्थाले दिनमा एउटा शाखाबाट मात्र सेवा दिन पाउने छ ।

अत्यावश्यक बाहेकका सबै सेवाप्रवाह गर्ने सरकारी निकायमा कार्यरत कर्मचारी आवश्यक परेका बखतमात्र काममा आउने गरी आलोपालो व्यवस्था मिलाउन समेत निर्देशन दिइएको सूचना अधिकारी जोशीले
जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७