मुख्य समाचार

एमाले नेता खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना

एमाले नेता खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना

वैशाख १८,

काठमाडौँ — नेकपा एमालेका नेता झलनाथ खनाललाई कोभिड पोजिटिभ भएर निमोनिया देखिएपछि शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

खनालको स्याचुरेसन प्रतिमिनेट पाँच लिटर अक्सिजन दिँदा सामान्य अवस्थामा रहेको छ । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बास्तोलाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य अवस्था सामान्य छ ।’

खनाललाई पूर्वराजा ज्ञानेन्द्र शाहसँगै भीभीआईपी वार्ड भर्ना गरेर राखिएको अस्पताल स्रोतले जनाएको छ ।

स्वकीय सचिव कृष्ण भट्टराईले पनि नेता खनाललाई कोरोना संक्रमण भएको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७