मनोरञ्जन

गर्भवति प्रियंका र ऋचा एकअर्कोको पेट सुमसुमाउदै…. (भिडियो)

गर्भवति प्रियंका र ऋचा एकअर्कोको पेट सुमसुमाउदै…. (भिडियो)

नायिका प्रियंका कार्की र ऋचा शर्मा गर्भअवस्थामा छन् । उनीहरुले केहि समयअघि आफूहरु गर्भवति भएको सामाजिक संजालबाट सार्वजनिक गरेका थिए ।

प्रियंका र ऋचा शर्मा मिल्ने साथी हुन् । उनै प्रियंका र ऋचा गर्भवतिमा रमाईरहेको भिडियो सार्वजनिक भएको छ । गर्भवती हुँदा के कस्तो महशुश हुन्छ र आफूहरुलाई अहिले कस्तो भइरहेको छ भन्दै दुईजनाको भलाकुसारी ऋचा शर्माले आफ्नो आधिकारीक युट्युब च्यानल मार्फत सार्वजनिक गरेकि छिन् ।

उक्त भिडियोमा एकअर्कोले भुडी छामिरहेको देख्न सकिन्छ । प्रियंकाले ऋचाको पेट समात्दै माया गरेकि थिइन् भने ऋचाले छिट्टै बच्चा देख्न पाइने भन्दै हसिमज्जाक गरिन् ।

प्रियंका कार्कीलाई नेपाली फिल्मी क्षेत्रमा सबैभन्दा रमाउने नायिकाको रुपमा हेरिन्छ । उनी हरेक पलमा रमाइरहेकि छिन् । पछिल्लो समय उनको ब्याचलर्स पार्टी होस् वा हनिमुन पार्टी, हरेक क्षणमा प्रियंकाले भरपुर रमाइलो गरेकि छिन् । उनको श्रीमान् आयुष्मान देशराज जोशी पनि प्रियंका जस्तै बिन्दास छन् ।

सम्भवतः प्रियंका र आयुष्मान नेपाली फिल्म क्षेत्रको सर्वाधिक रुचाईएको जोडी हुन् ।

उनीहरु कहिले सार्वजनिक कार्यक्रममै म्वाई खान्छन् त कहिले मस्ति गरेको तस्बिर सामाजिक संजालमा सार्वजनिक गर्छन् । तीनै तस्बिरलाई दर्शकहरुले भने औधि रुचाउने गरेका छन् । उमेरले हेर्दा आयुष्मान प्रियंका भन्दा सानो हुन् । तीनै विषयलाई लिएर अहिले पनि प्रियंका र आयुष्मानलाई जिस्काईन्छ । तर, माया त माया नै हो । मायाको अगाढी न उमेरले केहि गर्न सक्छ न त अरु कुनै बाधा अवरोधले माया टुटाउन सक्छ ।

ऋचाले केहि समयअघि मात्रै आफू गर्भवति भएको फ्ल्यास गरिन् । फूलमा पानी हाल्दै गरेको तस्बिर सार्वजनिक गर्दै ऋचाले आफू गर्भवति भएको जानकारी दिइन् । कमेडि च्याम्पियनको जजका रुपमा देखिदै आएकि ऋचा फिल्ममा भने खासै चल्न सकेकि छैनन् । उनले धनाढ्य परिवारको केटासँग विवाह गरेकि छिन् ।

नायिका निशा अधिकारीले आफू गर्भवति भएको तस्बिर कुनै समय निरन्तर सार्वजनिक गर्थिन् । नेपाली फिल्म क्षेत्रमा यस्ता तस्बिर सार्वजनिक गर्ने नायिका सम्भवतः उनै हुन् । त्यसपछि, प्रियंका कार्की, ऋचा शर्मा लगायतले तस्बिरहरु सार्वजनिक गर्दै आएका छन् ।

अहिले पनि गर्भवति अवस्थामा महिलाहरु बाहिर निस्कन मान्दैनन् । उनीहरु लाजका कारण र सामाजिक कमजोरिका कारण बाहिर आउन खोज्दैनन् । नेपाली नायिकाहरुले निरन्तर तस्बिर सार्वजनिक गर्दा यो अभियानले थप अन्य महिलालाई लाजको घुम्टो हटाउन मद्धत गरेको छ ।

एकै ठाउँमा गर्भवति महिलाहरु बस्दा स्वास्थ्यमा समस्य आउँछ । बाहिर निस्कन मिल्ने वातावरण बनाउन नायिकाहरु लागिपरेका छन् । त्यसैले पनि उनीहरुलाई सम्मान गर्न जरुरी छ । नकारात्मक टिप्पणी गरेर जेपाई त्यहि भन्ने अधिकार कसैलाई पनि छैन ।

लकडाउन पश्चात नेपाली फिल्म क्षेत्रका नायिकाहरु गर्भवति भए । प्रियंका देखि ऋचासम्म गर्भवति भएको भन्दै सामाजिक संजालमा लकडाउनमा समय कटाउने मेलो भन्दै प्रतिक्रिया दिए । तर, लकडाउनमा गर्भवति भएका नायिकाहरुलाई नकारात्मक टिप्पणी गर्ने भन्दा पनि उनीहरुको व्यस्ततालाई प्राथमिकता दिनुपर्छ ।

उनीहरु आफ्नो व्यक्तिगत जिन्दगिमा निकै व्यस्त हुन्छ । फुर्सदको समय सदुपयोग गर्दै प्राकृतिक प्रक्रियालाई निरन्तरता दिदाँ के को टाउको दुखाई । सबै दर्शकले नेपाली नायिकाको सम्मान गर्नुपर्छ । अहिले धेरै जसो सामाजिक संजालमा नायिकाहरुको बारेमा नकारात्मक टिप्पणी गरेको पाइन्छ ।

अब भने यस्ता नराम्रा कार्यलाई बन्द गरौँ । उनीहरुले छोटो लुगा लगाउदैँमा केहि बिग्रिदैन । महिलाहरुले पेट देखाउदैँमा केहि हुदैँन । छोटो उस्को लुगा होइन, तपाईँको सोच हो । त्यसैले, मायाले यो संसारमा बाचौँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७