समाचार

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

१७ वैशाख, पोखरा- कोभिड–१९ संक्रमणबाट पोखरामा उपचाररत दुई जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–६ की ८२ वर्षीया महिला र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

८२ वर्षीया महिलाको पोखरास्थित चरक मेमोरियल अस्पतालमा बिहीबार राति मृत्यु भएको हो । उनीमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी स्याङ्जाका ६२ वर्षीय पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा बिहीबार राति १२ः४५ बजे मृत्यु भएको उनले बताए । उनमा वैशाख ५ गते संक्रमण पुष्टि भएको थियो ।

यो पनि – तोलामा ९ सयले घट्यो सुनको भाउ

१७ वैशाख, काठमाडौं । सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ । कोभिडको दोस्रो लहरका कारण अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटको असर नेपाली बजारमा पर्दा सुनको मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारका लागि छापावाल सुनको प्रतितोला भाउ ८९ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार छापावल सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ ८९ हजार ४५० रुपैयाँ कायम भएको छ भने चाँदीको प्रतितोला मूल्य २० रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला १३१५ रुपैयाँमा कारोबार भएको चाँदीको आजको खरिद बिक्री मूल्य १२९५ रुपैयाँ प्रतितोला तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७