फोटो फिचर

‘फुलबुट्टे सारी’बाट सुपरहिट मलिकाको सुन्दरता (फोटो फिचर)

‘फुलबुट्टे सारी’बाट सुपरहिट मलिकाको सुन्दरता (फोटो फिचर)

नायिका मलिका महतले ‘यात्रा’ चलचित्रमा काम गरेपछि केहि मात्रामा चर्चा भयो । डेब्यू चलचित्र औषत चल्दा मलिकाको चर्चा पनि मध्यम नै भयो ।

तर, लकडाउनपछि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ बोलको गीत ब्लकबस्टर भएपछि मलिकाको चर्चा भने एकाएक चुलियो ।

यो गीतले ५ करोड भन्दा बढी भ्यूज पाउँदा उनको माग म्यूजिक भिडियो बजारमा ह्वात्तै बढेको छ । उनि म्युजिक भिडियो नम्बर एक डिमान्डेड मोडल भएकी छन् । उनले प्रति भिडियो पारिश्रमिक पनि १ लाख माथि पुर्याएकी छन् ।

मलिकालाई रुचाउने दर्शकको संख्या निकै ने बढेको छ । यसैविच, उनी र नायक पल शाहले अभिनय गरेको ‘टाढा भएपनि’ बोलको फिमेल भर्सन सार्वजनिक भयो। यो गीतले पनि ३ करोड नजिक भ्यूज पाएको छ । सार्वजनिक भएको २४ घन्टामै सर्वाधिक भ्यूज पाएर नयाँ रेकर्डपनि राखेको छ ।

एकपछि अर्को गीतले दर्शकको मन जितिरहँदा मलिका र पलको जोडीलाई पनि दर्शकले निकै रुचाएका छन् । उनै, मलिका ‘दशौं नेफ्टा फिल्म अवार्ड’को ‘उत्कृष्ट नव–नायिका’ विधाको मनोनयनमा पनि परेकी छिन् ।

मलिका मनोनयनमा परेपछि अवार्ड नपाउँदा मन दुख्ने पनि बताउँछिन् । दर्शकले दिएको मायाले आफूलाई काम गर्न अझै हौसला मिलिरहेको उनले सुनाइन् । मलिकाको ‘पानी फोटो’ नामक चलचित्र पोष्ट प्रोडक्शनमा छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७