समाचार

पूर्वरानी कोमललाई आईसीयूमा सारियो

पूर्वरानी कोमललाई आईसीयूमा सारियो

कोरोना भाइरस संक्रमणपछि उपचाररत पूर्व रानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको छ ।

‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । ’ उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनको हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् ।पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

यो पनि – आजबाट खाद्य सामग्री पसल बिहान र साँझ मात्र खोल्न पाउने

काठमाडौं – वैशाख १६ गतेदेखि २२ गतेसम्म खाद्य सामग्रीका पसलहरु सञ्चालनका लागि समय तोकिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र साँझ पाँच बजेदेखि ७ बजेसम्म मात्र खोल्न आदेश दिएको छ ।

न्यूनतम २ मिटरको भौतिकदूरी कायम गर्ने लगायत सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्ने गरी मात्र पसल सञ्चालन गर्न भनिएको छ ।

यस्तै डिपार्टमेन्ट स्टोर बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म सञ्चलन गर्न पाइने छ । डिपार्टमेन्टमा ग्रोसरी कक्ष मात्र न्यूनतम २ मिटरको भौतिक दूरी कायम गरी नेपाल सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालन गर्ने गरी १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न प्रशासनको आदेश छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७